रसुवामा अचानक आएको ठूलो बाढीले स्याप्रुबेसीलगायतका बजार क्षेत्रमा क्षति पुर्याएको छ । केही समय आएको बाढीले बस्ती तथा बजार क्षेत्रमा ठूलो क्षति गरेको प्रारम्भिक विवरण आएको छ । विस्तृत विवरण ekantipur.com मा हेर्दै गर्नुहाेस्।
रसुवाका बाढी प्रभावित क्षेत्रमा उद्धार सामग्री लिएर उडेका तीनवटा हेलिकोप्टर खराब मौसमका कारण काठमाडौं फर्किएका छन् ।
काठमाडौं विमानस्थलका अनुसार फर्किनेमा अल्टिच्युड एयर, एयर डाइनेस्टी र अन्नपूर्ण हेलिकोप्टर रहेका छन् । इनरुट क्षेत्रमा मौसम खराब भएपछि हेलिकोप्टरहरू गन्तव्यतर्फ जान नसकी काठमाडौं फर्किएका हुन् ।
मौसम प्रतिकूल भएपछि थप हेलिकोप्टर प्रभावित क्षेत्रमा पठाउनसमेत कठिनाइ भइरहेको विमानस्थलले जनाएको छ ।
उद्धार तथा राहत उडानको समन्वयका लागि गृहमन्त्री सुदन गुरुङ र पर्यटनमन्त्री खड्गराज पौडेल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै रहेर समन्वय गरिरहेका छन् ।
