January 16, 2025 1:51 pm
NEPAL 2

काठमाडौं  प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक स्थगित भएको छ । आज (शनिबार) दिउँसो २ बजे बस्नेगरी तय भएको बैठक अन्तिम समयमा स्थगित भएको हो । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को कार्य व्यस्तताका कारण आजको बैठक स्थगित गरिएको प्रवक्ता समेत रहेका उपाध्यक्ष अग्नि प्रसाद सापकोटाले जानकारी दिएका छन् ।

‘अध्यक्षको कार्यव्यस्तताका कारण आजको बैठक स्थगित भएको छ,’ उनले भने । उनका अनुसार अर्को बैठक भोलि (आइतबार) बिहान ८ बजे बस्नेगरी तय भएको छ । यसअघि बिहीबार र शुक्रबार स्थायी समिति बैठक बसेको थियो । बैठकमा आगामी केन्द्रीय समिति बैठकको तयारीबारे छलफल भइरहेको नेताहरूले बताएका छन् ।

 माओवादीको केन्द्रीय समिति बैठक भोलिदेखि बस्दैछ । प्रचण्डले स्थायी कमिटीको बैठकमा आएको सुझावलाई समेटेर भोलिको बैठकमा ‘पार्टी रुपान्तरण र पुनर्निर्माणको संकल्प आजको आवश्यकता’ भन्ने शीर्षकमा प्रतिवेदन पेश गर्दैछन् । त्यस बाहेक बैठकले प्रचण्डको प्रतिवेदनमा पछिल्ला सामयिक राजनीतिक घटनाक्रम, आगामी कार्ययोजना, प्रतिपक्षमा रहेको पार्टीको भूमिकालगायतको विषय समेट्ने बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *