September 19, 2026 3:07 pm
WhatsApp Image 2026-09-19 at 2.20.38 PM

भारतको औपचारिक भ्रमणको दोस्रो दिन अर्थमन्त्री स्वर्णिम वाग्लेले शुक्रबार नयाँदिल्लीस्थित इन्डिया इन्टरनेसनल सेन्टर (आईआईसी) मा आयोजित उच्चस्तरीय कूटनीतिक गोलमेच छलफलमा सहभागिता जनाएका छन्।
उक्त छलफलमा भारतका पूर्व विदेश सचिव तथा नेपालका पूर्वराजदूत श्यामशरण, भारतीय राष्ट्रिय कांग्रेसका वरिष्ठ नेता तथा राज्यसभा सदस्य जयराम रमेश, भारतका पूर्व राष्ट्रिय सुरक्षा सल्लाहकार तथा पूर्व विदेश सचिव शिवशंकर मेनन र पूर्व उपराष्ट्रिय सुरक्षा सल्लाहकार तथा कूटनीतिज्ञ पंकज सरन सहभागी थिए।
त्यसैगरी, प्रसिद्ध अर्थशास्त्री, जवाहरलाल नेहरू विश्वविद्यालयका एमेरिटस प्राध्यापक तथा दिल्ली विश्वविद्यालयका पूर्वउपकुलपति दीपक नय्यर, इन्डिया ट्रेड प्रमोसन अर्गनाइजेसन (आईटीपीओ)का अध्यक्ष जावेद अशरफ, नेपालका पूर्वभारतीय राजदूत रणजित राय तथा भारतीय जनता पार्टी (भाजपा)को विदेश मामिला विभागका प्रमुख विजय चौथाइवाले पनि छलफलमा सहभागी थिए।
छलफलमा दक्षिण एसियाली भूराजनीति तथा कनेक्टिभिटीका अध्येता कोन्स्टान्टिनो जेभियर, भारतीय विदेश मन्त्रालयकी निर्देशक मनुस्मृति, द हिन्दुकी कूटनीतिक मामिला सम्पादक सुहासिनी हैदर तथा नेपाली प्रतिनिधिमण्डलका सदस्यहरूको पनि सहभागिता थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *