
जीवनभरि सिकाउने वैश्विक कम्पनी पिअर्सनले नेपालको चितवनमा नयाँ पिअर्सन भीयूई टेस्ट सेन्टर सेलेक्ट (पीभीटीसी सेलेक्ट) आरम्भ भएको घोषणा गरेको छ। यस केन्द्रको रणनैतिक स्थितिले नेपालमा पिअर्सन टेस्ट अफ इङ्ग्लिस (पीटीई) को पहुँच बढाउनेछ जसले अन्तर्राष्ट्रिय स्तरमा शिक्षाको अवसर खोज्ने विद्यार्थीहरूलाई सहयोग गर्नेछ। पीभीटीसी सेलेक्ट केन्द्रहरू 100 भन्दा बढी देशहरूमा स्वतन्त्र रूपमा सञ्चालित छन्। यी केन्द्रहरूमा उच्च स्तरको पहिचान प्रमाणीकरण प्रणाली र निगरानी प्रविधि प्रयोग गरिन्छ जसले पीटीई दिने परीक्षार्थीहरूलाई सुरक्षित र विश्वासिलो वातावरण प्रदान गर्दछ। एस टेस्टिङ हबद्वारा सञ्चालित चितवनको नयाँ 10 आसनको परीक्षण केन्द्रले लचिलो र भरपर्दो परीक्षण अनुभव प्रदान गर्दछ जसले विदेशमा अध्ययन वा काम गर्न चाहने व्यक्तिहरूलाई सहयोग पुर्या उँछ। नेपालमा धेरै विद्यार्थीहरू विदेशमा अध्ययन गर्न चाहन्छन्। सन् 2021 मा नेपालका तृतीयक स्तरका 19% विद्यार्थीहरू विदेशमा अध्ययनरत थिए।
आर्थिक वर्ष 2023/24 मा 1,12,000 भन्दा बढी नेपाली विद्यार्थीहरूले 66 विभिन्न देशहरूमा अध्ययन गर्नका लागि नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) प्राप्त गरे जसमा प्रमुख गन्तव्यहरू जापान, क्यानाडा, अस्ट्रेलिया, बेलायत र अमेरिका थिए। साथै सन् 2023 मा लगभग 4,94,000 नेपाली नागरिकहरू रोजगारका लागि विदेश गएका थिए जसले अन्तर्राष्ट्रिय अवसरहरूमा महत्त्वपूर्ण वृद्धिलाई दर्शाउँछ। नयाँ केन्द्रको उद्घाटनबारे टिप्पणी गर्दै पिअर्सन, इङ्ग्लिस ल्याङ्गुएज लर्निङका दक्षिण एशिया रिजिअनल डाइरेक्टर प्रभुल रवीन्द्रनले भने, “नेपालमा हाम्रो उपस्थितिलाई अझै दह्रो बनाउने क्रममा चितवनको नयाँ पिअर्सन भीयूई टेस्ट सेन्टर सेलेक्ट यस क्षेत्रका टेस्टमा बस्नेहरूका लागि सम्पर्क र समर्थन वृद्धि गर्ने हाम्रो अटल प्रतिबद्धताको प्रतीक हो। यस विस्तारले नेपाली परीक्षार्थीहरूको बढ्दो आवश्यकता पूरा गर्न अझ सहज र भरपर्दो परीक्षण सेवा प्रदान गर्ने हाम्रो मिशनलाई समर्थन गर्छ।” नेपालमा पिअर्सनको दृष्टि यस क्षेत्रमा आफ्नो उपस्थिति र प्रभावलाई थप सुदृढ गर्दै एक अग्रणी अङ्ग्रेजी मूल्याङ्कन प्रदायक बन्नु हो।
पिअर्सन भीयूईका म्यानेजिङ डाइरेक्टर डा. गेरी गेट्सले भने, “नेपाली परीक्षार्थीहरूलाई विश्व स्तरीय परीक्षण अनुभव प्रदान गर्न पाउँदा हामी गर्व गर्छौँ। हाम्रो उद्देश्य भनेको अझ धेरै इच्छुक परीक्षार्थीहरूसमक्ष पुग्नु हो अनि तिनीहरूको शैक्षिक तथा व्यावसायिक लक्ष्य प्राप्तिमा सहयोग गर्नु हो।” पिअर्सन टेस्ट अफ इङ्ग्लिस एक विश्वासनीय र सुरक्षित अङ्ग्रेजी भाषा दक्षता परीक्षा हो जसले अध्ययन, रोजगार वा आप्रवासनका लागि ढोका खोल्छ। यो परीक्षा 3,500 भन्दा बढी विश्वविद्यालयहरूद्वारा स्वीकृत हुन् साथै अस्ट्रेलिया, क्यानाडा, न्युजिल्यान्ड र बेलायतका सरकारले भिसा आवेदनका लागि मान्यता दिएका छन्। पीटीईलाई नर्सिङ, एकाउन्टिङ, इन्जिनियरिङ जस्ता क्षेत्रका प्रतिष्ठित संस्थाहरूले पनि स्वीकृति दिएका छन्। साथै परीक्षार्थीहरूले पीटीईको परिणाम प्रयोग गरेर अस्ट्रेलिया सरकारको अस्ट्रेलिया अवार्ड, न्युजिल्यान्डको सेकन्डरी स्कुल स्कलरसिप (एनजेडएसएस), बेलायतको चेभेनिङ स्कलरसिप र अमेरिकाको फुलब्राइट स्कलरसिप जस्ता प्रतिष्ठित छात्रवृत्तिका लागि आवेदन गर्न सक्छन्।