October 8, 2026 3:56 am
WhatsApp Image 2026-10-07 at 1.24.00 PM

सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) र नेपाली सेनाबीच दूध तथा दुग्धजन्य पदार्थ खरिद–बिक्रीका लागि सम्झौता भएको छ ।
अब नेपाली सेनाले देशका ३२ वटा जिल्लामा रहेका आफ्ना ब्यारेकहरूका लागि डीडीसीबाटै नियमित दूध किन्नेछ ।
नेपाली सेना र संस्थानबीच भएको सम्झौताअनुसार सेनाका ब्यारेकलाई अब दैनिक १० हजार २ सय ५१ लिटर ९वार्षिक ३७ लाख ४१ हजार ५०६ लिटर० प्रशोधित दूध आपूर्ति हुनेछ ।
यसैगरी, सम्झौतामा उल्लेख भएबमोजिम सेनालाई दैनिक ३ सय ६५ किलो (वार्षिक १ लाख ३३ हजार ५ सय २२ किलो) दही, दैनिक ३७ किलो (वार्षिक १३ हजार २ सय ४० किलो) पनिर, दैनिक २१ किलो (वार्षिक ७ हजार ४४१ किलो) होल मिल्क पाउडर र दैनिक १५ किलो (वार्षिक ५ हजार २७८ किलो) चिज आपूर्ति गरिनेछ ।
यो खरिद सम्झौतापत्रमा नेपाली सेनाको तर्फबाट आपूर्ति तथा परिवहन निर्देशनालयका रथी सञ्जयकुमार रञ्जित र डीडीसीको तर्फबाट महाप्रबन्धक डा। शरणकुमार पाण्डेले हस्ताक्षर गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *