काठमाडौँमा आठौँ अन्तर्राष्ट्रिय कृषि यान्त्रिकीकरण प्रदर्शनी–२०८३ सुरु भएको छ।
मङ्सिर ४ देखि ६ गतेसम्म सञ्चालन हुने प्रदर्शनीमा आधुनिक कृषि प्रविधि, उपकरण तथा मेसिनरी प्रदर्शनमा राखिएका छन्।
‘कृषिमा यन्त्र र प्रविधि : कृषक र राष्ट्रको समृद्धि’ भन्ने नारासहित आयोजित प्रदर्शनीमा १०० भन्दा बढी प्रदर्शक, २०० भन्दा बढी स्टल र दुई हजारभन्दा बढी कृषि उपकरण समावेश छन्।
प्रदर्शनीमा ट्र्याक्टर, कृषि ड्रोन, रोपाइँ तथा बाली व्यवस्थापनका उपकरण, सिँचाइ प्रविधि र शीतभण्डारण प्रविधि राखिएका छन्। आयोजकले तीन दिनमा ५० हजारभन्दा बढी दर्शकले अवलोकन गर्ने अपेक्षा गरेको छ।
प्रदर्शनीमार्फत आधुनिक प्रविधिको प्रयोग बढाउँदै कृषि उत्पादन तथा उत्पादकत्व वृद्धि र खेतीको लागत घटाउने लक्ष्य राखिएको छ।
