October 15, 2026 3:36 am
WhatsApp Image 2026-10-14 at 3.55.10 PM

परराष्ट्रमन्त्री शिशिर खनाल र नेपालका लागि दक्षिण कोरियाका नवनियुक्त राजदूत पार्क जेख्यङबीच भेटवार्ता भएको छ।
परराष्ट्रमन्त्री खनालले राजदूत पार्कलाई नेपालका लागि दक्षिण कोरियाको राजदूत नियुक्त भएकोमा बधाइ दिएका थिए। परराष्ट्रमन्त्री खनालले दुवै देश र जनताको पारस्परिक हितका लागि सहकार्य गर्न नेपाल सरकार इच्छुक रहेको बताउँदै राजदूतका रूपमा आफ्नो जिम्मेवारी निर्वाह गर्न मन्त्रालयको तर्फबाट पूर्ण सहयोग रहने आश्वासन दिए।
भेटका क्रममा नेपाल(दक्षिण कोरिया द्विपक्षीय सम्बन्धका विविध पक्षमा छलफल भएको थियो। दुवै पक्षले आगामी दिनमा विद्यमान मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ र विस्तार गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *