नेपाली कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा समूहले पार्टीको १५औँ महाधिवेशनका लागि ५५ जिल्लामा संयोजक तोकेको छ ।
समानान्तर महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको देउवा समूहले मधेश प्रदेशका जिल्ला बाहेक ५५ जिल्लामा संजोजक तोकेको हो ।
देउवा समूहले मंसिर २१ देखि २३ गतेसम्म महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ ।
पार्टीका पूर्वमहामन्त्री डा. शशांक कोइराला महाधिवेशन आयोजक समितिको संयोजक हुन् । उनकै हस्ताक्षरमा जिल्ला संयोजकहरूलाई पत्र दिइएको छ ।
