यु–१९ महिला बेल्ट एण्ड रोड सिरिजअन्तर्गत आज भएको खेलमा नेपालले हङकङलाई पराजित गर्दै जित हासिल गरेको छ।
चीनको ताइचाङस्थित साक्सी टाउन क्रिकेट सेन्टरमा बिहीबार भएको खेलमा नेपाली महिला टोलीले हङकङलाई ९२ रनले पराजित गर्दै जित हासिल गरेको हो।
नेपालले दिएको १४७ रनको लक्ष्य पछ्याएको हङ्कङ १८ ओभरमा सबै विकेट गुमाउँदै ५४ रनमै अलआउट भयो। हङकङका लागि वान तुङ सोले सर्वाधिक १२ रन बनाइन्। त्यस्तै मान केइ लेउङले पनि १२ रन नै जोडिन्। नेपालकी मनिषा चौधरी र रचना चौधरीले समान ३–३ विकेट लिइन्।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले १९।५ ओभरमा सबै विकेट गुमाउँदै १४६ रन बनाएको थियो। नेपालका लागि सोनु पाख्रिनले सर्वाधिक ४४ रन बनाइन्।
यस्तै सवित्री धामीले चार चौकाको मद्दतमा ३६ रन बनाइन्। बलिङतर्फ हङकङकी स्टोर्म पार्करले ३ विकेट लिइन्।
