August 26, 2026 8:49 pm
image - 2025-12-30T162245.712

गुरुङ समुदायले पुरानो वर्षलाई बिदा गरी नयाँ वर्षलाई स्वागत गरेर आज तमु ल्होसार पर्व मनाउँदै छन्। ल्हो को अर्थ ‘वर्ष’ र ‘सार’को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो।

तमु ल्होसार सूर्यको किरणसँग सम्बन्धित छ। गुरुङ बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायत जिल्लामा यो पर्व विशेष महत्त्वका साथ मनाइन्छ। तमु ल्होसारका अवसरमा आज सरकारले सार्वजनिक बिदासमेत दिएको छ।

यता काठमाडौँमा टुँडिखेलमा गुरुङ समुदायका मानिस परम्परागत एवं सांस्कृतिक वेषभूषामा सजिएर भेला हुन्छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *