August 17, 2026 1:55 pm
WhatsApp Image 2026-08-17 at 12.24.38 PM

काठमाडौँ कञ्चनपुरस्थित महाकाली नदीमा जलस्तर खतराको तह पार गरेपछि शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।
इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रमुख प्रहरी नायब उपरीक्षक जीवन गुरुङका अनुसार सोमबार बिहानदेखि महाकाली नदीमा पानीको सतह एक लाख क्युसेक नाघेपछि चारपाङ्ग्रे सवारीसाधनमा सञ्चालनमा रोक लगाइएको हो।
उनले बिहान ९ बजेको मापनअनुसार महाकालीमा पानीको बहाव एक लाख १४ हजार क्युसेक पुगेको जानकारी दिए।
शारदा ब्यारेजमा भारतीय पक्षले पानीको बहाव एक लाख क्युसेक पुगेपछि चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक लगाउँदै आएको छ।
त्यसैगरी, जल तथा मौसम पूर्वानुमान महाशाखाले पछिल्लो समय बैतडी, कञ्चनपुर, कैलाली, बर्दियालगायत स्थानमा अत्यधिक वर्षा भइरहेको जनाएको छ।
महाशाखाले महाकाली नदी र कञ्चनपुरका स–साना नदीहरुमा पानीको बहाव उलेख्य बढ्ने जनाउँदै सतर्कता अपनाउन आग्रह गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *