नेपाल र कजाकिस्तानबीच कूटनीतिक तथा सरकारी र सेवा राहदानीवाहकलाई भिसा छुट दिनेसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।
संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका अवसरमा न्यु योर्कमा आयोजित साइडलाइन कार्यक्रममा नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र कजाकिस्तानका परराष्ट्रमन्त्री मुख्तार त्लिउबर्दीले आ–आफ्ना सरकारका तर्फबाट उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् ।
सम्झौताअनुसार दुवै देशका कूटनीतिक तथा सरकारी र सेवा राहदानीवाहकलाई सम्बन्धित देशको भ्रमणका क्रममा भिसा आवश्यकताबाट छुट दिने व्यवस्था गरिएको छ । सम्झौताले नेपाल र कजाकिस्तानबीच आवागमन सहज बनाउँदै द्विपक्षीय सम्बन्ध र सहकार्यलाई थप सुदृढ गर्न योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
सम्झौतामा हस्ताक्षर गर्नुअघि परराष्ट्रमन्त्री खनाल र कजाकिस्तानका परराष्ट्रमन्त्री त्लिउबर्दीबीच द्विपक्षीय भेटवार्ता भएको थियो । भेटवार्तामा दुवै मन्त्रीहरूले आपसी हितका महत्त्वपूर्ण विषयमा विचार आदानप्रदान गर्नुका साथै नेपाल–कजाकिस्तानबीच द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा मैत्रीपूर्ण तथा सहकार्यात्मक छलफल गरेका थिए ।
