October 17, 2025 6:59 pm
Capture
एजेन्सी: हामी नेपालका संस्थापक सुधन गुरुङले एक भिडियो सन्देश जारी गर्दै आफूलाई कसैले पछ्याइरहेको दाबी गरेका छन् । आफू बस्ने घरसम्मै अपरिचित व्यक्तिहरूले पछ्याएको सुधनको दाबी छ ।

इन्टाग्राममा एक भिडियो सन्देश राख्दै उनले व्यङ्ग्यात्मक शैलीमा भनेका छन्, ‘मेरो फ्यानफलोइङ बढी भयो जस्तो लाग्छ । हुँदा हुँदा अहिले मेरो घरसम्मै मलाई खोजेर आएका छन् । मलाई कति साह्रो माया गरेको ? मलाई यति साह्रो फ्यान फलोइङ चाहिएको छैन ।’

विशेष गरेर राजनीतिक दलका नेता/कार्यकर्ताहरूले आफूलाई फलो गरिरहेको गुरुङको दाबी छ । यसरी फलो गर्नेहरू आफ्नो अगाडि परेको दिन राम्रो नहुने चेतावनी समेत उनले दिएका छन् । उनले भनेका छन्, ‘गुरुङको छोरो सोझो छ भनेर सोच्नुभयो होला, म सोझो मात्रै छैन । राम्रोमा राम्रो, नराम्रोमा नराम्रो छु ।’
उनले आफूलाई पछ्याउने इफोर्ट देशको विकासमा लगाउन सुझाव समेत दिएका छन् ।

केही समयअघि पनि आफूलाई कसैले पछ्याइरहेको बताएका थिए । उनी जेन जी आन्दोलनको प्रतिनिधि बनेर सेनासँगको वार्तामा समेत सहभागी भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *