एजेन्सी: नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकको शुरुमै केही युवा नेताहरूले उठेर होहल्ला गरेपछि मिडियालाई उद्घाटन समारोहबाट बाहिर निकालिएको छ ।
बैठकको शुरुआत गर्दै महासचिव देव गुरुङले अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदनसहितका प्रस्ताव पेश गर्ने जानकारी दिए ।
उनले बैठकमा केन्द्रीय सदस्यहरूको समूहगत छलफलबाट प्रतिवेदनमाथि निष्कर्ष निकाल्ने जानकारी दिएपछि केही युवा उठेर आपत्ति जनाएका थिए ।
पूर्वपर्यटनमन्त्री समेत रहेका सुदन किराती,रन्जित तामाङसहितले जति दिन लागेपछि समूहमा नभई बैठकमा हरेक सदस्यले आफ्नो धारणा राख्न पाउनुपर्ने भनेपछि होहल्ला भयो । त्यसपछि महासचिव गुरुङले मिडियाकर्मीलाई बाहिर जान आग्रह गरेका छन् ।