September 16, 2026 2:21 pm
WhatsApp Image 2026-09-15 at 4.16.43 PM

कर्णाली प्रदेश सभाको आठौँ अधिवेशन अन्त्य गरिएको छ। सोमबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले अधिवेशन अन्त्य गर्ने निर्णय गरेको हो।
प्रदेश सरकारका प्रवक्ता कल्याणी खड्काका अनुसार मंगलबार राति १२ बजेदेखि लागू हुने गरी प्रदेश सभाको अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गरिएको छ।
मन्त्रिपरिषद्को निर्णयसँगै प्रदेश सभाको आठौँ अधिवेशन औपचारिक रूपमा अन्त्य हुने भएको हो।
अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गरिएको प्रवक्ता खड्काले जानकारी दिइन्।
प्रदेश सभाको अधिवेशन अन्त्य भएसँगै चालु अधिवेशनमा अघि बढाइएका विधेयक, छलफल तथा अन्य संसदीय प्रक्रियाहरू पनि प्रभावित हुनेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *