January 16, 2025 2:56 pm
edsrfse

काठमाडौं उपत्यकामा आज वर्षकै सबैभन्दा चिसो दिन परेको छ । आज काठमाडौंको न्यूनतम तापक्रम २ डिग्रीमा झरेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौंमा सबैभन्दा कम तापक्रम ३ दशमलव १ डिग्री मापन गरिएको छ । आज बिहान ८ बजेर ४५ मिनेटमा सार्वजनिक गरिएको महाशाखाको तापक्रम प्रतिवेदनमा जुम्लाको न्यूनतम तापक्रम माइनस ७ दशमलव २ डिग्री रहेको छ ।

अहिले देशमा पश्चिमी वायुको प्रभाव बढे पनि देशभरको मौसम सामान्यतया सफा रहेको छ । तराईका विभिन्न स्थानमा कुहिरो लागेको विभागले जनाएको छ । आज बिहान जारी गरिएको सल्लाह अनुसार देशको अधिकांश भूभागमा मौसम सफा रहनेछ । साथै शनिबार दिउँसो देशको बाँकी भूभागमा आंशिक बदली रही कोशी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *