
एजेन्सी: राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक आज पनि बस्दैछ। हिजोबाट केन्द्रीय कार्यालय वनस्थलीमा सुरु भएको बैठक आज पनि जारी रहने प्रवक्ता मनिष झाले बताए।
उनका अनुसार बैठक दिउँसो १ बजे बाट सुरु हुनेछ। बैठकमा उपस्थित प्रत्येक केन्द्रीय सदस्यहरूले बोल्ने क्रममा लगभग सकिएकाले आज १० सदस्य र पदाधिकारीले बोल्ने उनले बताए।
पदाधिकारीहरूले आफ्नो धारणा राखेपछि बाँकी ३ एजेन्डामा छलफल गरेर निर्णय लिने उनले बताए। उनका अनुसार आजको ५ देखि ६ घण्टासम्म बसेर बैठक टुङ्ग्याउने तयारी छ।
बैठकमा पछिल्ला विकसित राजनीति घटनाक्रम, पार्टीको आन्तरिक गतिविधि, महाधिवेशन, पार्टी सभापति रवि लामिछानेमाथि उठेको प्रश्नलगायतको विषयमा नेताहरूले धारणा राखिरहेका छन्।