September 9, 2026 4:31 pm
WhatsApp Image 2026-09-09 at 12.47.05 PM

प्रतिनिधिसभा, अर्थ समितिले रसुवाबाढीबाट अर्थतन्त्रमा पारेको प्रभाव, विश्लेषण एवं जलवायु वित्तसँग सम्बन्धित अध्ययन तथा विश्लेषण गर्ने भएको छ।
अध्ययन तथा विश्लेषण गर्न सांसद सुशिल खड्काको संयोजकत्वमा सात सदस्यीय उपसमिति गठन गरिएको छ। प्रतिनिधिसभा, अर्थ समितिको सिंहदरबारमा बसेको बैठकले खड्काको संयोजकत्वमा उक्त उपसमिति गठन गरेको हो।
उपसमितिको सदस्यमा सांसद नरेन्द्रकुमार केरुङ, परशुराम तामाङ, डा पुष्पराज कँडेल, लिमा अधिकारी, पुष्प चौधरी र सुशान्त वैदिक सदस्य रहेका छन्।
समितिका सभापति डा. कृष्णहरि बुढाथोकीले उपसमितिले रसुवा बाढीसँग सम्बन्धि र जलवायु वित्तसम्बन्धी अध्ययन गरी असोज २ गतेभित्र प्रतिवेदन पेस गर्नका लागि कार्यदेश दिइएको बताए। उनले उपसमितिले रसुवा बाढीले अर्थतन्त्रमा पारेको प्रभाव र जलवायु वित्तसम्बन्धी विषयमा अध्ययन गर्ने कार्यदेश दिइएको जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *