September 3, 2026 6:01 pm
WhatsApp Image 2026-09-03 at 5.40.51 PM

सरकारले भोटेकोशी बाढीपछि खोज तथा उद्धारमा खटिएका कर्मचारीलाई विशेष सुविधा उपलब्ध गराउने निर्णय गरेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले सुरक्षाकर्मी तथा राष्ट्रसेवक कर्मचारीलाई जोखिम भत्ता र खाजा खर्च उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिए।

यसैगरी उद्धारका क्रममा घाइते भएमा निःशुल्क उपचार तथा मृत्यु भएमा मृतकका परिवारलाई प्रति मृतक रु १० लाख राहत उपलब्ध गराइने भएको छ।

यस्तै, बाढीबाट प्रभावित व्यक्ति, उद्योग, व्यापार–व्यवसायलाई तत्काल सञ्चालनमा ल्याउन एकीकृत व्यावसायिक पुनरुत्थान योजनाअन्तर्गत राहत, कर तथा महसुल छुटलगायतका सहुलियत र सुविधा उपलब्ध गराइने निर्णय गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *