प्रधानमन्त्री बालेन्द्र शाहले आज काठमाडौं र नयाँ दिल्लीबाट नेपालमा नियुक्त गैर-निवासी राजदूतहरू र युरोपेली संघका सदस्य देशका मिशन प्रमुखहरूसँग संयुक्त बैठक सम्पन्न गरे।
बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सम्पन्न भएको थियो। वार्तालापका दौरान दुवै पक्षले द्विपक्षीय सम्बन्धलाई सुदृढ पार्ने, सहकार्य बलियो बनाउने, र साझा चासोको क्षेत्रमा साझेदारी विस्तार गर्ने बारे विचार साटासाट गरे।
वार्तालापमा विकास सहयोग, क्षेत्रीय स्थिरता, र भविष्यमा नेपाल र युरोपेली संघका सदस्य राष्ट्रबीचको सामाजिक-आर्थिक सहयोगमा पनि ध्यान दिइएको थियो। प्रधानमन्त्रीको कार्यालय र परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरू पनि बैठकमा उपस्थित थिए।
