September 12, 2026 6:21 am
WhatsApp Image 2026-09-11 at 12.28.05 PM

प्रधानमन्त्री बालेन्द्र शाह र न्यूजिल्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनबिच शुक्रबार टेलिफोन वार्ता भएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार वार्तामा प्रधानमन्त्री शाहले रसुवाको भोटेकोशीमा आएको बाढीपछि जारी खोज, उद्धार, राहत तथा पुनः स्थापनाका कामबारे जानकारी गराएका छन्। साथै उनले बेपत्ता विदेशी नागरिकको खोजीका लागि भइरहेका प्रयासबारे पनि लक्सनलाई जानकारी गराएका हुन्।
प्रधानमन्त्री शाहले पाँच जना न्यूजिल्याण्डका नागरिकसहित बेपत्ता विदेशी नागरिकको खोजीलाई उच्च प्राथमिकतामा राखिएको जानकारी न्यूजील्याण्डका समकक्षीलाई दिएका छन् ।
उनले न्यूजिल्याण्डले उपलब्ध गराएको २० लाख न्यूजिल्याण्ड डलर बराबरको मानवीय सहयोगप्रति धन्यवाद व्यक्त गरेका छन्।
शाहले जलवायुजन्य विपद्का दृष्टिले नेपाल उच्च जोखिममा रहेको भन्दै अन्तर्राष्ट्रिय मञ्चमा क्षति तथा नोक्सानीका लागि वित्तीय सहयोग जुटाउन न्यूजिल्याण्ड सरकारको सहयोग मागेका छन्।
सो अवसरमा न्यूजिल्याण्डका प्रधानमन्त्री लक्सनले नेपालमा आएको विनाशकारी बाढीप्रति न्यूजिल्याण्ड सरकार र जनताको तर्फबाट समवेदना तथा ऐक्यबद्धता व्यक्त गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *