August 24, 2026 1:43 pm
Screenshot

Screenshot

नेपाल र भुटानको सम्पूर्ण पेट्रोलियम माग पूरा गर्दै आएको भारतले अब हिन्द महासागरीय राष्ट्र मौरिससलाई पनि इन्धन आपूर्ति गर्ने भएको छ। भारतको सार्वजनिक क्षेत्रको प्रमुख कम्पनी इन्डियन आयल कर्पोरेशन र मौरिससको स्टेट ट्रेडिङ कर्पोरेशनबीच ५ वर्षका लागि दीर्घकालीन बिक्री तथा खरिद सम्झौता सम्पन्न भएको छ। भारतका पेट्रोलियम तथा प्राकृतिक ग्यासमन्त्री हरदीप सिंह पुरीको मौरिसस भ्रमणका क्रममा मौरिससका प्रधानमन्त्री नवीनचन्द्र रामगुलामको उपस्थितिमा उक्त सम्झौता आदानप्रदान गरिएको हो।  

यस सम्झौताअनुसार इन्डियन आयलले मौरिससको आवश्यकता अनुसारको सम्पूर्ण पेट्रोल, डिजेल र हवाई इन्धन आपूर्ति गर्नेछ। पश्चिम एसिया तथा स्ट्रेट अफ हर्मुज क्षेत्रमा जारी भूराजनीतिक तनावका बीच पनि नेपाल र भुटानमा इन्धन आपूर्ति अविच्छिन्न राख्न सफल भएको भारतले मौरिसससँग गरेको यो साझेदारीले अन्तर्राष्ट्रिय बजारमा मूल्य अस्थिरताबाट मौरिससलाई सुरक्षा दिनुका साथै हिन्द महासागर क्षेत्रमा भारतको रणनीतिक र आर्थिक प्रभावलाई थप सुदृढ बनाउने विश्वास गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *