October 27, 2026 6:11 pm
WhatsApp Image 2026-10-27 at 1.26.13 PM

चितवन जिल्लाको इच्छाकामना गाउँपालिका–०४ धारापानीस्थित पृथ्वी राजमार्गमा तीनवटा सवारीसाधन एक(आपसमा ठोक्किँदा १० जना घाइते भएका छन् ।
काठमाडौंमा‍बाट मुग्लिङतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ज १२५९ नम्बरको माइक्रोलाई विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०३–००१ ख २७७७ नम्बरको बसले ठक्कर दिएको थियो ।
बस अनियन्त्रित भइ काठमाडौंबाट मुग्लिङतर्फ जाँदै गरेको प्रदेश १–०२–००२ ख ६१३ नम्बरको ट्रकमा समेत ठोक्किएपछि दुर्घटना भएको हो । दुर्घटनामा बस र माइक्रोमा सवार १० जना घाइते भएका छन् ।
घाइतेहरूलाई उपचारका लागि कुरिनटारस्थित सशस्त्र प्रहरी पृथ्वी हाईवे ट्रमा सेन्टर तथा इच्छाकामना गाउँपालिका अस्पतालमा लगिएको छ । दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *