August 8, 2026 1:08 am
IMG_9366

भारतीय फुटबल टोलीले फिफा-आसियान कप मा सहभागी हुनुको सट्टा ब्राजिलविरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेललाई प्राथमिकता दिने निर्णय गरेको छ। अखिल भारतीय फुटबल महासङ्घ ले राष्ट्रिय टोलीको प्राविधिक स्तर र अन्तर्राष्ट्रिय अनुभव अभिवृद्धि गर्नका लागि विश्व वरीयताको शीर्ष टोलीसँग खेल्नु बढी फलदायी हुने निष्कर्ष निकालेको छ।

उक्त मैत्रीपूर्ण खेलका लागि आवश्यक तयारी तथा खेल तालिका चाँडै सार्वजनिक गरिने जनाइएको छ। फुटबल अधिकारीहरूका अनुसार यस्ता उच्चस्तरीय प्रतिस्पर्धाले भारतीय खेलाडीहरूलाई विश्वस्तरीय एक्सपोजर दिनुका साथै आगामी महत्त्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिताहरूको पूर्वतयारीमा ठूलो सहयोग पुर्याउनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *