October 5, 2026 5:31 pm
WhatsApp Image 2026-10-05 at 1.23.30 PM

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र नेपालका लागि अस्ट्रेलियाका राजदूत साइमन जर्ज अर्न्स्टबीच छलफल भएको छ।
सोमबार भएको भेटवार्तामा दुई देशबीचको आपसी हित, सहकार्य र सम्बन्ध विस्तारका विषयमा विचार आदानप्रदान भएको नेपालस्थित अस्ट्रेलियाली राजदूतावासले जनाएको छ।
भेटका क्रममा आर्थिक विकास, सामाजिक न्याय, लोकतन्त्र तथा सुशासनलगायतका विषयमा पनि छलफल भएको दूतावासले जानकारी दिएको छ।
राजदूत अर्न्स्टले नेपाल र अस्ट्रेलियाबीच आगामी दिनमा निरन्तर संवाद र सहकार्यलाई अघि बढाउँदै द्विपक्षीय सम्बन्धलाई थप विस्तार गर्ने अपेक्षा व्यक्त गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *