August 3, 2026 6:53 pm
NEPAL

जनता समाजवादी पार्टी नेपालकी सांसद पूजा चौधरीले कूटनीतिक पहल गरी सुस्ता विवाद समाधान गर्न सरकारसँग माग गरेकी छन् ।

सोमबार बसेको राष्ट्रिय सभाको बैठकमा उनले यस्तो माग गरेकी हुन् । पश्चिम नवलपरासीको सुस्ता–५ थारु टोलमा निर्माणाधीन १३२ मिटर लामो अस्थायी बाँध भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले भत्काउन थालेपछि स्थानीयसँग विवाद भएको उनले बताइन् । नेपालको राष्ट्रियता, सार्वभौमिकता र सीमासँग जोडिएको विषयमा सरकार संवेदनशील हुनुपर्नेमा उनले जोड दिइन् ।

भावनात्मक प्रतिक्रियाभन्दा राष्ट्रिय हितलाई केन्द्रमा राखी संयमित र जिम्मेवार ढंगले कूटनीतिक पहलमार्फत समस्या समाधान गर्न सरकारसँग माग गरिन् । सीमा क्षेत्रमा बसोबास गर्ने नेपाली नागरिकको सुरक्षा सुनिश्चित गर्न, जनजीवन सहज बनाउन आवश्यक कदम चाल्न तथा सुस्तालगायत सीमा विवादमा छिमेकी राष्ट्रसँग उच्चस्तरीय कुटनीतिक पहल गरी नेपालको सार्वभौमिकता र राष्ट्रिय हितको संरक्षण हुने दीर्घकालीन समाधान खोज्न उनले आग्रह गरिन् ।नेपाली कम्युनिष्ट पार्टीका सांसद विष्णुबहादुर विश्वकर्माले लिपुलेक–लिम्पियाधुरा क्षेत्रमा भारतीय गतिविधि, सुस्तामा तटबन्ध भत्काइएको घटना तथा तीन जना नेपाली युवा घाइते भएको विषय उठाउँदै नेपालको सीमा सुरक्षा र सार्वभौमिकताको संरक्षणबारे सरकारको जवाफ माग गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *