January 17, 2026 12:16 am
ewde

मौसम पूर्वानुमान महाशाखाका अनुसार, पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले हाल देशका पहाडी क्षेत्रहरूमा आंशिक मौसम परिवर्तन भइरहेको छ। तराईका केही क्षेत्रमा हल्का कुहिरो लागे पनि देशका अधिकांश भागमा मौसम सफा रहेको छ। आज दिउँसो देशका बाँकी भागमा मौसम राम्रो र पहाडी क्षेत्रमा आंशिक बदली रहने महाशाखाले जनाएको छ।

त्यस्तै, आज राती देशका बाँकी भागमा मौसम सफा र पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ। आगामी २४ घण्टामा कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी र हिमाली क्षेत्रका एक वा दुई स्थानमा हल्का हिमपात हुने सम्भावना छ। शुक्रबार बिहान तराईका केही क्षेत्रमा विकास हुने हल्का कुहिरोको सम्भावित प्रभावबारे सबैलाई सचेत रहन महाशाखाले सल्लाह दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *