छठ पर्वको अवसरमा वीरगन्ज–१०स्थित घडीअर्वा पोखरी छठघाट परिसरमा शुक्रबार आयोजित रक्तदान कार्यक्रमममा ४७ जनाले रक्तदान गरेका छन्।घडीअर्वा छठ पूजा व्यवस्थापन समितिको समन्वयमा घडीअर्वा स्पोर्ट क्लबले आयोजना गरेको रक्तदान कार्यक्रममा ४ महिलासहित ४७ जनाले रगत दान गरेका हुन् ।
घडीअर्वा छठघाट परिसरमै आयोजित रक्तदान कार्यक्रममा क्लबका अध्यक्ष सन्तोष साहसहितले रक्तदान गरे ।
आयेजक क्लबका अध्यक्ष सन्तोष साह कानुले छठ पर्वको उपलक्ष्यमा क्लबले विगत २४ वर्षदेखि रक्तदान कार्यक्रम गर्दै आएको र आगामी वर्ष पनि यसलाई निरन्तरता दिने बताए । धार्मिक अवसरमा सामाज सेवा पनि होस् भनेर आँफुहरुले रक्तदान कार्यक्रम आयोजना गर्ने गरेको उनले बताए ।
क्लबका अध्यक्ष सन्तोष साह कानुको अध्यक्षता तथा पर्सा(२ का सांसद सुशील साह कानुको प्रमुख आतिथ्यतामा आयोजित रक्तदान कार्यक्रममा घडीअर्वा छठ पूजा व्यवस्थापन समितिका अध्यक्ष रकोश साह कानु, क्लबका उपाध्यक्ष मनोहर साह लगायतकाको पनि उपस्थिती रहेको थियो ।
