November 13, 2026 5:58 pm
WhatsApp Image 2026-11-13 at 1.11.32 PM

राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चारजना न्यायाधीश नियुक्त गरेका छन्। संविधानको धारा १२९ को उपधारा ९२० बमोजिम न्याय परिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले उच्च अदालतका मुख्य न्यायाधीश तथा न्यायाधीशहरूलाई सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्त गरेका हुन्। यसअघि संसदिय सुनुवाइवाट अनुमोदन भएको उनीहरुलाई राष्ट्रपति पौडेलले नियुक्त गरेका हुन् ।
राष्ट्रपतिको कार्यालयका अनुसार डा. रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारु, जनक पाण्डे र गोकर्ण लाई सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्ति गरिएको हो ।
अब प्रधानन्यायाधीश मनोजकुमार शर्माले उनीहरुलाई सपथ खुवाउँदै पेसी तोक्ने छन् । नवनियुक्त न्यायाधीशहरुले सोमबारबाट काम थाल्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *