स्वतन्त्र विद्यार्थी युनियन विश्वविद्यालय क्याम्पस, कीर्तिपुरद्वारा आयोजित चारदिने ‘स्टार्टअप तथा उद्यमशीलता बुटक्याम्प’ सम्पन्न भएको छ।
स्ववियु सदस्य कुलबहादुर बुढा क्षेत्रीको संयोजकत्वमा सञ्चालित बुटक्याम्पले विद्यार्थीमा उद्यमशील सोच, नवप्रवर्तन, नेतृत्व क्षमता र व्यावहारिक व्यावसायिक सीप विकासमा सहयोग पुर्याएको आयोजकले जनाएको छ। कार्यक्रममा विभिन्न प्रशिक्षक तथा अतिथिले आफ्ना अनुभव र ज्ञान बाँड्दै ुआइडिया पिचिङु सत्रमा सहभागीलाई मार्गदर्शन गरेका थिए।
कार्यक्रममा स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष दिपक राज जोशीले विश्वविद्यालय, उद्योग र सरकारबीचको ुट्रिपल हेलिक्स सहकार्युहुनुपर्ने बताएका छन्। ‘विश्वविद्यालयले समाज र बजारलाई अध्ययन गर्नुपर्छ। बजारमा के आवश्यक छ, समाजका समस्या के हुन र उद्योगले कस्तो जनशक्ति तथा नवीन समाधान खोजिरहेको छ भन्ने पहिचान गरेर विश्वविद्यालयले आफ्ना अनुसन्धान, पाठ्यक्रम र विद्यार्थीका सिर्जनशील विचारलाई त्यससँग जोड्नुपर्छ,’जोशीले भने।
कार्यक्रममा कैलाली क्षेत्र नं. ५ का प्रतिनिधि सभा सदस्य आनन्दबहादुर चन्दले ‘सुदूरपश्चिम स्टार्टअप समिट २०८३’ आयोजना हुन गइरहेको जानकारी विद्यार्थीहरूलाई गराएका छन्। उनले सुदूरपश्चिममा रहेका युवाहरूका नवीन सोच, सिर्जनशीलता तथा उद्यमशील क्षमतालाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना हुन लागेको ‘सुदूरपश्चिम स्टार्टअप समिट २०८३’ विद्यार्थी तथा युवा उद्यमीहरूका लागि महत्वपूर्ण अवसर हुने बताए।
संरक्षणविद् तथा लेखक कर्ण शाक्यको प्रमुख आतिथ्यमा उद्घाटन भएको कार्यक्रम व्यवस्थापन संकायका डीन प्राडा महानन्द चालिसेको प्रमुख आतिथ्यमा समापन भएको हो।
