September 14, 2026 2:16 pm
WhatsApp Image 2026-09-14 at 1.34.05 PM

भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण कृषि क्षेत्रमा करिब दुई अर्ब बराबरमो क्षति पुगेको छ ।
राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणनले तयार पारेको द्रुत क्षति तथा आवश्यकता मूल्यांकन (आरएनडिएन) प्रतिवेदनअनुसार बाढीबाट विशेषगरी धान, तरकारी तथा पशुपन्छी क्षेत्रमा उल्लेख्य क्षति पुगेको छ।
प्रतिवेदन अनुसार प्रभावित क्षेत्रका विभिन्न स्थानीय तहमा धान खेतीतर्फ एक हजार ६६९ हेक्टर क्षेत्रफल प्रभावित भएको छ। जसमा पाँच हजार ८४३ टन धान उत्पादनमा क्षति पुगेको छ।
त्यस्तै, तरकारी खेतीतर्फ १३७ हेक्टर क्षेत्रफल प्रभावित हुँदा करिब एक हजार ८४३ टन तरकारीमा क्षति पुगेको छ। भौगोलिक रुपमा हेर्दा नुवाकोटको बिदुर, लिखु तथा बेलकोटगढी, धादिङका बेनीघाट रोराङ, गजुरी, सिद्धलेक तथा गल्छी, गोरखाका गण्डकी र शहीद लखनलगायत स्थानीय तह प्रभावित भएका छन्।
नुवाकोटको विदुरमा ७०० हेक्टर धान उत्पादन हुने जग्गा प्रभावित हुँदा दुई हजार ४५० टन धानमा क्षति पुगेको छ। लिखुमा २३० हेक्टर प्रभावित हुँदा ८०५ टन धान र बेलकोटगढीमा २०० हेक्टर प्रभावित हुँदा ७०० टन धानमा क्षति पुगेको छ।
धादिङको बेनीघाट रोराङमा २५ हेक्टर, गजुरीमा ७५ हेक्टर, सिद्धलेकमा ५८ हेक्टर र गल्छीमा ८७ हेक्टर धान खेती प्रभावित भएको छ। रसुवाको गोसाइँकुण्डमा १४० हेक्टर र उत्तरगयामा १४३ हेक्टर धान खेती प्रभावित भएको विवरणमा उल्लेख छ।
तरकारीतर्फ नुवाकोटको विदुर सबैभन्दा बढी प्रभावित भएको देखिन्छ। विदुरमा ९८ हेक्टर तरकारी क्षेत्र प्रभावित हुँदा अनुमानित एक हजार ३२३ टन तरकारी उत्पादनमा क्षति पुगेको छ। धादिङको बेनीघाट रोराङमा नौ हेक्टर, गजुरीमा सात हेक्टर, सिद्धलेकमा दुई हेक्टर र गल्छीमा १४ हेक्टर तरकारी क्षेत्र प्रभावित भएको छ।
पशुधनतर्फ एक अर्ब ११ करोडको क्षति
बाढीबाट पशुपन्छी क्षेत्रमा पनि उल्लेख्य क्षति पुगेको छ। उपलब्ध विवरणअनुसार कुल दुई लाख ५२ हजार ४४५ पशुपन्छी प्रभावित भएका छन्। पशुपन्छीको क्षतिको अनुमानित मूल्य १११ करोड ३९ लाख रुपैयाँ रहेको छ।
सबैभन्दा धेरै सङ्ख्या कुखुराको रहेको छ। बाढीबाट करिब दुई लाख १४ हजार ८२७ कुखुरा प्रभावित भएका छन्। सङ्ख्या हिसाबले यो कुल पशुपन्छीको ८५.१ प्रतिशत हो तर कुखुराको मूल्य हिस्सा भने कुल क्षतिको ४.८ प्रतिशत मात्रै छ।
बाढीका कारण चार हजार ५७२ भैंसी प्रभावित हुँदा ४५ करोड ७२ लाख रुपैयाँको ाति पुगेको अनुमान छ। यो कुल पशुधन क्षतिको ४१ प्रतिशत हो। त्यस्तै, बाख्रा र च्याङ्ग्रामा र३९ करोड १३ लाख रुपैयाँ अर्थात् कुल क्षतिको ३५.१ प्रतिशत र गाईगोरुमा १७ करोड ९२ लाख रुपैयाँ अर्थात् १६.१ प्रतिशत क्षति भएको छ।
अन्य पशुमा एक करोड ४ लाख रुपैयाँ , बङ्गुररबँदेलमा एक करोड ९६ लाख, भेडामा २५ लाख, कुखुरामा पाँच करोड ३७ लाख र अन्य चरामा करिब एक लाख रुपैयाँ बराबरको क्षति भएको तथ्यांकमा उल्लेख छ।
कुल पशुधन क्षतिमध्ये भैँसी, बाख्रा र च्याङ्ग्रा र गाईगोरु मात्रैबाट ९२.३ प्रतिशत क्षति भएको देखिन्छ। यसले बाढीबाट कृषकको आम्दानी र ग्रामीण अर्थतन्त्रमा पशुपालनतर्फको प्रभाव पनि गम्भीर रहेको देखाउँछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *