August 28, 2026 4:51 pm
WhatsApp Image 2026-08-28 at 12.58.08 PM

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपालमा आएको विनाशकारी बाढीका कारण पीडामा परेको नेपाललाई आवश्यक सबै प्रकारको सहयोग उपलब्ध गराउने घोषणा गरेका बताएका छन् ।
राष्ट्रपति ट्रम्पले विनाशकारी बाढी र पहिरोका कारण ठूलो जनधनको क्षति बेहोरेको नेपाललाई सहयोग पठाउने घोषणा गरेका हुन् । अमेरिकी राष्ट्रपति ट्रम्पले नेपालमा आएको प्राकृतिक विपत्तिप्रति दुःख व्यक्त गर्दै आवश्यक सबै प्रकारका सहायता उपलब्ध गराउने प्रतिबद्धता जनाएका हुन्।
ट्रम्पले अमेरिकी प्रशासनले नेपालका नेतृत्वसँग सम्पर्क गरिरहेको र विपद्मा आवश्यक सहयोगका लागि तयार रहेको बताएका हुन् ।
ह्वाइट हाउसमा बिहीबार आयोजित एक कार्यक्रमपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै ट्रम्पले नेपाललाई सहयोगको प्रतिबद्धता व्यक्त गरेका हुन् ।
‘हामीले नेपाललाई आवश्यक पर्ने जुनसुकै सहयोग उपलब्ध गराउने प्रस्ताव गरेका छौं । नेपालको नेतृत्वसँग हाम्रो राम्रो सम्बन्ध छ,’ ट्रम्पले भनेका छन् ।
उनले नेपालमा बाढीले निम्त्याएको क्षतिलाई असाधारण भन्दै शक्तिशाली हिलो र पानीको भेलले बलिया तथा पक्की भवनसमेत ‘टुथपिक’ जस्तै बगेको बताए ।
बाढी प्रभावित क्षेत्रमा करिब ५० देखि ६० जना अमेरिकी नागरिक प्रभावित भएको हुनसक्ने अनुमान गर्दै ट्रम्पले प्रभावित अमेरिकी नागरिकको पूर्णविवरण भने अझै प्राप्त नभएको बताए ।
त्यसअघि अमेरिकी विदेश मन्त्रालयले रसुवा बाढीका कारण भएको विपद्को अवस्था नजिकबाट निगरानी गरिरहेको जनाउँदै क्याथोलिक रिलिफ सर्भिसेसमार्फत ५ लाख अमेरिकी डलर बराबरको आपत्कालीन सहायता उपलब्ध गराउने घोषणा गरेको थियो ।
उक्त रकम बाढी प्रभावित समुदायका लागि आपत्कालीन आश्रय, राहत सामग्री तथा खानेपानी, सरसफाइ र स्वच्छतासम्बन्धी सहयोगमा प्रयोग गरिनेछ

Leave a Reply

Your email address will not be published. Required fields are marked *