August 25, 2026 4:35 pm
WhatsApp Image 2026-08-25 at 4.08.20 PM

वीरगञ्ज सरकारले गठन गरेको चिनी मिल अध्ययन कार्यदलले वीरगञ्जस्थित चिनी मिलको स्थलगत अध्ययन तथा अनुगमन गरेको छ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सिनियर डिभिजन इञ्जिनियर (सिडिई) श्रीकान्त यादवको संयोजकत्वमा गठित कार्यदलले पिपरास्थित चिनी मिल परिसरमा पुगेर कारखानाको वर्तमान अवस्थाबारे अध्ययन गरेको हो।
कार्यदलका संयोजक यादवका अनुसार स्थलगत अध्ययनका क्रममा कारखाना भवनलगायत भौतिक संरचना, मेसिनरी तथा पार्टपुर्जाको अवस्था र तिनको पुनःउपयोगको सम्भावनाबारे जानकारी लिइएको छ।
सरकारले भदौ १ गते चिनी मिल पुनःसञ्चालनको सम्भाव्यता अध्ययन गर्न यादवको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन गरेको थियो। कार्यदलमा मन्त्रालयका शाखा अधिकृत ज्योति पौडेल र मन्त्रालयका सल्लाहकार श्याम शर्मा सदस्य हुन्।
कार्यदलले १५ दिनभित्र चिनी मिलको वर्तमान अवस्था अध्ययन गरी पुनःसञ्चालनको सम्भाव्यता, आवश्यक कार्ययोजना र सरकारलाई दिनुपर्ने सुझावसहितको प्रतिवेदन तयार गर्नेछ।
चिनी मिल पुनःसञ्चालनको सम्भाव्यता अध्ययनका लागि स्थलगत अनुगमनलाई प्रारम्भिक चरणका रूपमा लिइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *