भारतका चर्चित गायक शान काठमाडौँ आएका छन्। उनी सांगीतिक कार्यक्रमको सिलसिलामा काठमाडौं आएका हुन् ।
ठमेलस्थित क्लब नोभामा शनिबार कार्यक्रम हुँदैछ ।
उनी यसअघि सन् २०११ मा नेपाल आएका थिए । सन् १९९९ को लोकप्रिय हिन्दी फिल्म ‘प्यार मे कभी कभी’ मा नेपाली शब्दसमेत समेटिएको गीत थियो, जसले नेपालमा पनि निकै चर्चा कमायो। ‘मुसुमुसु हाँसिदेऊ’ बोलको यो गीतमा शानको पनि स्वर छ।
‘मुसुमुसु हाँसिदेऊ मलाई लै’ भन्नेबाहेक गीतको बाँकी भाग भने हिन्दीमा छ। यही नेपाली शब्दावली र धुनका कारण यो गीत नेपालमा पनि लोकप्रिय बनेको थियो।
उनले यसपटक आफू पशुपतिनाथ मन्दिर जाने, घुमफिर गर्ने र मःम खाने योजना रहेको सुनाए। क्लब नोभामा उनले करिब ४० वटा गीत गाउने छन्।
