नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई)ले दुई वटा टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला खेल्ने भएको छ । वैशाख ७ र ८ गते कीर्तिपुरको त्रिवि क्रिकेट रङ्गशालामा दुृई देशबीच खेल हुनेछ । यो खेललाई नेपाल क्रिकेट सङ्घ (क्यान) ले ‘ईएल क्लासिको’ नाम दिएको छ । यो टी–२० शृङ्खलापछि वैशाख १२ देखि २३ गतेसम्म नेपाल, ओमान र यूएई सम्मिलित आईसीसी विश्वकप क्रिकेट लिग–टु शृङ्खला हुनेछ । त्यसपछि जेठ १ देखि ११ गतेसम्म नेपाल, अमेरिका र स्कटल्यान्ड सम्मिलित लिग–टु शुङ्खला हुनेछ । यी दुई वटै शृङ्खला त्रिवि रङ्गशालामा हुनेछ । ८ वटा टोली सहभागी लिग–टुमा नेपाल २० खेलमा १२ अङ्कसहित सातौँ स्थानमा छ । २४ खेलबाट ३६ अङ्क जोडेको अमेरिका शीर्ष स्थानमा छ ।
