October 9, 2026 9:11 pm
WhatsApp Image 2026-10-09 at 5.43.55 PM

नेकपा एमालेकी वरिष्ठ नेता विद्यादेवी भण्डारीले लोकतन्त्र र संविधानमा खतरा देखिएको बताएकी छन् । शुक्रबार बसेको एमाले स्थायी कमिटी बैठकमा आफ्नो धारणा राख्दै भण्डारीले यस्तो बताएकी हुन् ।
‘मुलुकमा लोकतन्त्र र संविधानप्रति जुन खालको खतरा देखिएको छ । यसको रक्षा गर्ने भनेको राजनीतिक दलले नै हो’, भण्डारीले भनिन्, ‘जसले लोकतन्त्रको स्थापना गरे । तीनै दलले यसको रक्षा गर्ने दलले नै हो ।’
त्यसक्रममा भण्डारीले आफू हिजोका दिनमा पनि लोकतान्त्रिक आन्दोलनमा सहभागी भएको स्मरण गरेकी थिइन् ।
‘हिजो पनि म लोकतान्त्रिक आन्दोलनमा सरिक भएँ । त्यो प्रतिको अगाध माया, विश्वास छ । पार्टीमा आबद्ध भएर लोकतन्त्रलाई, गणतन्त्रलाई अझै सुदृढ बनाउनका निम्ति मद्दत पुर्‍याउन, सहयोग गर्न सक्छु भन्ने मनसायका साथ म पार्टीको जीवनमा फर्किएकी हुँ ’, भण्डारीले भनिन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *