July 19, 2025 3:49 pm
Capture
एजेन्सी:  एनआईसी एशिया बैंक र ई.स्टप नेपाल प्रा.लि.बीच बैंकका ग्राहकहरुलाई रेष्टुरेन्टको खाना र चार्जिङ स्टेसन सेवामा विशेष छुट उपलब्ध गराउने सम्झौता भएको छ ।

सम्झौता अनुसार बैंकका ग्राहकहरुलाई ई.स्टप नेपालले उपलब्ध गराएको रेष्टुरेन्टका परिकारमा १० प्रतिशत र चार्जिङ स्टेसन सेवामा ५ प्रतिशत छुट दिने भएको छ ।

ई.स्टप नेपालले नवलपुरस्थित दलदले, सिन्धुलीस्थित रामटार र कुरिनटारमा रेष्टुरेन्टसँगै उपलब्ध गराएको चार्जिङ स्टेसनहरुमा विद्युतीय गाडी चार्ज गर्दै खानाको स्वादमा उक्त छुट सुविधा उपभोग गर्न सक्ने सम्झौतापत्रमा उल्लेख गरिएको छ ।

ग्राहकहरुले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वाप्रिपेड कार्ड प्रयोग गरी वामो बैंक (मो बैंक) एपमार्फत भुक्तानीगर्दा उक्त छुट सुविधा लिन सकिने छ । दीगो ग्रुप अफ कम्पनी अन्तर्गत रहेको ई.स्टप नेपालसँगको सहकार्यले मुलुकमा डिजिटल भुक्तानी र हरित अर्थतन्त्रको प्रवद्र्धनमा समेत टेवापुग्ने बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *