October 17, 2025 8:37 pm
Capture
एजेन्सी: १४ घण्टापछि हेटौँडा– पालुङ– काठमाडौँ सडक खण्डमा यातायात सञ्चालनमा आएको छ ।

मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर ९ लामिडाँडास्थित त्रिभुवन राजपथमा माथिबाट खसेको पहिरो हटाएर दिउँसो २ः३० बजेदेखि यातायात सञ्चालनमा ल्याइएको प्रहरीले जनाएको छ ।

प्रहरी चौकी भैँसेको टोलीले चौकीबाट २२ किलोमिटर पर पुगेर बाटोको पहिरो सफा गरेर यातायात सञ्चालनमा ल्याएको मकवानपुरका डिएसपी श्यामु अर्यालले बताए । त्यहाँ रातिदेखि नै २ वटा डोजर लगेर काम भएको थियो । ठूलो ढुङ्गा खसेको कारण ब्रेकर ब्रेक्रर लगाएर बाटो सफा गर्नु परेको थियो ।

यता, हेटौँडाबाट काठमाडौँ जाने छोटो दूरीको हेटौँडा–स्निेरी–फर्पिङ रुट भने अझै अवरुद्ध छ । बिहान ९ः३० बजे मकवानपुरको इन्द्रसरोवर–३, ज्यामिरेमा खसेको सुक्खा पहिरोका यातायात अवरुद्ध छ ।

जेसिभी ल्याएर बाटोको पहिरो हटाउने कार्य जारी रहेको प्रहरीले बताएको छ । सिस्नेरी खण्ड अवरुद्ध भएकाले हेटौँडा–भीमफेदी–फाखेल सडक खण्डबाट यात्रा गर्न प्रहरीले अनुरोध गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *