
एजेन्सी: अन्तराष्ट्रिय प्रकृति संरक्षण संघको विश्व सम्मेलन अबुधावीमा सम्पन्न भएको छ । अक्टोबर ९ देखि सुरु भएको सम्मेलन १५ अक्टोबर बुधबार सकिएको हो ।
एडनिक प्रदशनी स्थल आबुधावीमा भएको सम्मेलनमा सरकारी प्रतिनिधिको रुपमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका उपमहानिर्देशक बेदकुमार ढकाल र अबुधाबीस्थित नेपाली दूतावासकी उपनियोग प्रमुख रन्जिता दाहालले सरकारी प्रतिनिधिको नेतृत्व गरेकी थिइन्।
त्यस्तै उद्घाटन सत्रमा यूएईका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्रीले समेत सहभागिता जनाएका थिए भने नेपालका विभिन्न गैरसरकारी सस्थाका ३२ जना प्रतिनिधि सम्मेलनमा सहभागी भएका थिए।
यस्तै, सम्मेलनमा गैरसरकारी संस्था होस्टेमा हैसे नेपालले रेड पाण्डा कार्पेट कार्यक्रम आयोजना गरेको थियो, जसको उद्घाटन उपनियोग प्रमुख दाहालले गरेकी थिइन्। त्यस्तै गएको आइतबार नेपाली प्रतिनिधिमण्डलसँग दूतावासले अन्तरक्रिया समेत गरेको जनाएको छ।
चार वर्षमा हुने संघको विश्व संरक्षण महाधिवेशनले विश्वभरका सरकार, विज्ञ, वैज्ञानिक र नागरिक समाज मिलेर जैविक विविधता र दिगो विकासको कार्यसूची तय गर्ने गर्छ। नेपाल पहाड, तराईदेखि हिमालसम्म फैलिएको जैविक विविधतायुक्त प्राकृतिक स्रोत र सम्पदा, एकसिंगे गैंडा, बंगाल चिता, रातो पाण्डा, हिउँ चित्ता जस्ता दुर्लभ प्रजातिहरूको बासस्थान भएकोले पनि संघमा नेपालको महत्व विशेष छ।
त्यस्तै कुल भूभागको ३.२ प्रतिशत र विश्वको कुल जीव जन्तु प्रजातिको १.१ प्रतिशत नेपालमा पाइने भएकाले यसमा नेपालको सहभागिता लाइ चासोपूर्वक हेरिने गरिएको छ।