November 19, 2026 6:57 pm
WhatsApp Image 2026-11-19 at 12.25.49 PM

मकवानपुरको भीमफेदी गाउँपालिका–१ भैंसेमा भएको सुमो दुर्घटनामा मृत्यु भएका तीनै जना र घाइते सातै जनाको पहिचान खुलेको छ ।
दुर्घटनामा मृत्यु हुनेमा रौतहटको चन्द्रनिगाहपुरका २५ वर्षीया अनुसा लामा, २० वर्षीया जेशिका भन्ने अस्मिता तिमल्सिना र ५० वर्षीय बमबहादुर वाइबा रहेका छन्।
त्यस्तै, दुर्घटनामा घाइते हुनेमा सुमो चालक चन्द्रनिगाहपुरकै ३३ वर्षीय कालुमान लोप्चन, १६ वर्षीया निमा थिङ, ५८ वर्षीय कान्छा ध्वज थिङ, १५ वर्षीया सुमिना थिङ, १६ वर्षीया सिखा लामा, ५५ वर्षीया हरिमाया थिङ र १९ वर्षीय वेयहान राना मगर रहेका छन्।
घाइते सातै जनाको हेटौंडा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक माधव काफ्लेले जानकारी दिए। उनीहरूको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।
रौतहटको चन्द्रनिगाहपुरबाट काठमाडौं आउँदै गरेको ना।१ ज २१४३ नम्बरको यात्रुवाहक सुमो बिहीबार बिहान भीमफेदी–१ भैंसेस्थित घुम्तीमा अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल भैंसे खोलामा खसेर दुर्घटना भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *