October 23, 2025 1:36 am
Capture
एजेन्सी: तिब्बततिरबाट सगरमाथा आरोहणका लागि गएका विभिन्न देशका सयौँ आरोही खराब मौसमका कारण फसेका छन् ।

चिनियाँ सरकारी मिडियाका अनुसार सगरमाथाको तिब्बततर्फको आधार शिविरमा क्याम्पिङ लगाएको ठाउँमा उनीहरू फसेका हुन् ।

३५० जना पर्वतारोहीको सुरक्षित उद्धार गरिएको छ भने दुई सय भन्दा धेरै व्यक्ति सम्पर्कमा आएको समाचारमा उल्लेख छ ।
करिब एक हजार आरोही फसेकोमा सयौँ सम्पर्कविहीन छन् । कर्मा घाँटीमा शुक्रवार रातिदेखि हिमपात भएकाले आरोही फसेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *