October 17, 2025 6:59 pm
Capture
एजेन्सी: उत्कृष्ट प्रहरी कार्यका निम्ति जिल्ला प्रहरी कार्यालय धनुषाले इन्स्पेक्टर जटाशंकर यादवलाई महिनाको उत्कृष्ट प्रहरी घोषणा गरेको छ ।
इलाका प्रहरी कार्यालय, ढल्केवरमा कार्यरत इन्स्पेक्टर यादवले अपराध नियन्त्रणमा उल्लेख्य भूमिका खेलेका कारण महिनाको उत्कृष्ट प्रहरी घोषणा गरिएको जिल्ला प्रहरी प्रमुख एसपी नरहरि रेग्मीले बताए ।

उनले जेनजी आन्दोलनका क्रममा कार्यालयको सुरक्षा, भौतिक तथा मानवीय क्षति हुन नदिने काममा महत्त्वपूर्ण भूमिका खेलेका थिए । प्रायः जसो प्रहरी कार्यालय आगजनी हुँदा उनले आफ्नो कार्यालय सुरक्षित राखेका थिए ।

सोही आन्दोलनका क्रममा जिल्ला कारागारबाट भागेका कैदीमध्ये यादवले ५ जनालाई पक्राउ गरी कारागार कार्यालयमा बुझाएका थिए ।

भदौ ६ गते गणेशमान चारनाथ नगरपालिका- ६ मा मोबाइल चोरी गर्ने तीन व्यक्तिलाई पक्राउ गरी मोबाइलसमेत बरामद गरेका थिए ।

विदेह नगरपालिका- ३ स्थित हनिफ मन्सुरीले सञ्चालन गरेको भगवती पिक्स इटा भट्टाबाट उनले ४७५ केनी गाँजा बरामद गरेका थिए ।

गाँजाको साथमा एक व्यक्तिलाई पक्राउ गरी र प्रदेश ०३-०१-०२४ च ८३२५ नम्बरको गाडी नियन्त्रणमा लिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *