October 12, 2026 2:47 pm
WhatsApp Image 2026-10-12 at 2.07.56 PM

काठमाण्डु गृहमन्त्री सुधन गुरुङ भारत प्रस्थान गरेका छन्।
मन्त्री गुरुङको यो पहिलो विदेश भ्रमण हो। उनी द्विपक्षीय औपचारिक भ्रमणका लागि नभएर बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी प्रयास (बिमस्टेक)को गृहमन्त्रीस्तरीय बैठकमा सहभागी त्यसतर्फ गएका हुन्।
बिमस्टेक गृहमन्त्री स्तरीय बैठक नयाँ दिल्लीमा २७ असोजमा आयोजना हुन लागेको छ। उक्त बैठक भारतीय गृहमन्त्री अमित शाहको पहलमा आयोजना भएको हो।
बैठकमा गृहमन्त्री गुरुङसहित भारतका अमित शाह, बंगलादेशका सलाहुद्दिन अहमद, भुटानका लुङ्तेन दोर्जी, म्यानमारका लेफ्टिनेन्ट जनरल न्युन्ट विन स्वे, श्रीलंकाका विजिथा हेराथ र थाइल्याण्डका अनुतिन चानविराकुल सहभागी हुनेछन्। उनले भारतीय समकक्षी अमित शाहसँग पनि द्धिपक्षीय भेटवार्तासमेत गर्नेछन्।
भ्रमणका क्रममा प्रधानमन्त्री नरेन्द्र मोदीसहित उच्चस्तरीय राजनीतिक भेटघाट भने तय नभएको गृहमन्त्री गुरुङको सचिवालयले जनाएको छ।
गृहमन्त्री गुरुङ २८ असोजमा स्वदेश फर्किने कार्यतालिका रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *