सरकारले सवारी चालक अनुमतिपत्र अर्थात् लाइसेन्सको छपाइ तीव्र पारेको छ । लाइसेन्स छापिरहेको सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक देवराज ढुङ्गानाका अनुसार दैनिक करिब ४० हजार हाराहारीमा लाइसेन्स छपाइ भइरहेको छ । छपाइलाई उच्च प्राथमिकतामा राखिएको उनले जानकाी दिए । हालसम्म छपाइ हुन बाँकी रहेका करिब २९ लाख लाइसेन्सलाई आगामी असार मसान्तसम्म छापिसक्ने लक्ष्य राखिएको छ । आगामी वैशाख १२ गतेभित्र १२ लाख लाइसेन्स छपाइ सम्पन्न गर्ने लक्ष्य छ भने बाँकी १७ लाख लाइसेन्स छपाइ प्रक्रिया तीव्र अघि बढाइएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रीले डा. विक्रम तिमिल्सिनाले सुरक्षण मुद्रण केन्द्रलाई लाइसेन्स छपाइमा अवरोध आउन नदिन तथा छिटोभन्दा छिटो छाप्न निर्देशन दिएका छन्।
