August 12, 2026 3:33 pm
IMG_9481

पाकिस्तानको विश्वकै बाह्रौँ अग्लो चुचुरो ब्रोड पिक मा हिमपहिरोमा परी ज्यान गुमाएका तीन जना नेपाली आरोहीहरूको शव काठमाडौँ ल्याइएको छ। केही साताअघि पर्वतारोहणका क्रममा भएको विनाशकारी हिमपहिरोमा परी ज्यान गुमाएका आरोहीहरूको शवलाई उद्धार टोलीले कठिन प्रयासपछि संकलन गरी इस्लामाबाद हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ल्याएको हो। विमानस्थलमा मृतकका परिवारजन, आफन्त तथा पर्वतारोहण क्षेत्रका प्रतिनिधिहरूले अश्रुपूर्ण श्रद्धाञ्जली अर्पण गरेका थिए।

नेपाल पर्वतारोहण सङ्घ तथा पर्यटन मन्त्रालयका अधिकारीहरूका अनुसार उच्च हिमाली क्षेत्रको प्रतिकूल मौसम र कठिन भूगोलका कारण शव उद्धार कार्य अत्यन्तै चुनौतीपूर्ण बनेको थियो। मृतक आरोहीहरूका शवलाई त्रिभुवन शिक्षण अस्पतालमा परीक्षण (पोस्टमार्टम) पश्चात् अन्तिम संस्कारका लागि आफन्तको जिम्मा लगाइएको छ। पर्वतारोहण क्षेत्रले कुशल र अनुभवी आरोहीहरू गुमाएको भन्दै पर्यटन व्यवसायी तथा आरोही समुदायले गहिरो दुःख व्यक्त गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *