काठमाण्डु चलचित्र ‘ऊनको स्वीटर’को सिक्वेलमा बलिउड अभिनेता पियूष मिश्राको अभिनय रहने भएको छ । ‘ऊनको स्वीटर’को सिक्वेलको नाम ‘कलेजी ः ऊनको स्वीटर’ राखिएको छ । यो चलचित्रमा बलिउड अभिनेता पियूष मिश्रालाई नेपाली दर्शकले देख्ने भएका हुन् ।
दसैँपछि छायांकन सुरु हुने चलचित्रका निर्देशक नवीन चौहानले ‘ऊनको स्वीटर’को संसार नयाँ आशा, नयाँ कथा र नयाँ यात्रासहित फेरि फर्किन लागेको बताएका छन् ।
उनले यो सिनेमा सिक्वेल मात्र नभएर पात्रहरूको जीवन र उनीहरूको अधुरो यात्राको अर्को अध्याय हुने बताएका छन् ।
यसपटकको यात्रामा भारतीय कलाकार पियुष मिश्राको उपस्थितिले यो कथालाई अझ विशेष बनाउने उनको विश्वास छ ।
सिक्वेलमा पनि अघिल्लो चलचित्रकै हिट जोडी विपीन कार्की र मिरुना मगर मुख्य भूमिकामा दोहोरिने भएका छन् । उनीहरूका साथै एलेक्स पारस र परीक्षा लिम्बूको पनि यस चलचित्रमा मुख्य भूमिका रहनेछ ।
चलचित्रमा अभिषेक सुवेदीको सहलेखन र नवीन चौहानको लेखन रहनेछ ।
