November 14, 2026 2:09 pm
WhatsApp Image 2026-11-14 at 12.54.50 PM

गोरखाको धार्चे गाउँपालिका–१ स्थित ठाडो भर्‍याङको जंगल क्षेत्रमा सुक्खा पहिरो गएको छ । शनिबार बिहान करिब ९ बजे एक्कासि धुलोसहितको पहिरो खसेको हो ।
पहिरो खसेर केही ढुंगा तथा माटो बूढीगण्डकी नदीमा पुगे पनि नदी थुनिने अवस्था नरहेको गाउँपालिका अध्यक्ष लक्ष्मण गुरुङले जानकारी दिएका छन् ।
उनका अनुसार पहिरो खसेको स्थान फराकिलो पाखो क्षेत्रमा रहेकाले तत्काल कुनै ठूलो जोखिम छैन । नदीमा केही छिटपुट ढुंगा तथा माटो मात्रै पुगेको र नदी थुनिने खतरा नरहेको उनले स्पष्ट पारे ।
जिल्ला प्रहरी कार्यालय गोरखाले पनि धार्चे गाउँपालिका–१ को ठाडो भर्‍याङ क्षेत्रमा ठूलो सुक्खा पहिरो गएको जनाएको छ ।
गोरखाका प्रहरी प्रमुख (एसपी) अनिलकुमार खड्काका अनुसार पहिरोका कारण कुनै मानवीय क्षति भएको छैन । पहिरोबाट निस्किएको धुलो सडकसम्म आइपुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *