October 13, 2026 6:48 pm
WhatsApp Image 2026-10-13 at 4.55.33 PM

फिल्म ‘सारथी’ को प्रोमो सार्वजनिक भएको छ। सोमबार सार्वजनिक भएको फिल्ममा अभिनेत्री निरुता सिंहलाई फरक र गम्भीर अवतारमा प्रस्तुत गरिएको छ।
बच्चाको रोदन आवाजसँगै सुरु भएको प्रोमोमा निरुतालाई काखमा दुधे बालक बोकेको अवस्थामा देख्न सकिन्छ। गम्भीर मुद्रामा प्रस्तुत निरुताको पैतालाबाट रगत बगिरहेको दृश्यले प्रोमोलाई थप रहस्यमय र भावुक बनाएको छ।
जसले यसअघिका भूमिकाभन्दा फरक अवतारमा देखिएकी निरुताको प्रस्तुतिले सिनेमाको कथावस्तुबारे दर्शकमाझ कौतुहलता बढाउने देखिन्छ।
निरुतासहित फिल्ममा उत्तम प्रधान, मुकुन्द श्रेष्ठ, राजेन्द्र केसी, सम्रान्त थापा, गिरी विश्वकर्मा, गायत्री जोशी, कल्पना थापा, मदन थापा, अनिता कुईकेल, कमला अर्याल, मिलन खड्का, रश्मी गुरुङ, तुलसी राई, आशा विश्वकर्मा, सन्तोष ढकाल, विप्लव खड्का, सागर कँडेल, सुदीप नेपाल र धिरेन कार्कीको अभिनय रहेको छ।
संकल्प भुजेलले छायांकन गरेको सिनेमा म्याग्दीको गुर्जा क्षेत्रमा छायांकन गरिएको छ। सिनेमा किम्भे प्रोडक्सन र धिरज फिल्म इन्फिनिटीको ब्यानरमा निर्माण भएको सिनेमाका प्रस्तुतकर्ता तारा थापा ‘किम्भे’ हुन्।
कुमार गजुरेल निर्देशित यो फिल्म आगामी मंसिर ११ गतेदेखि प्रदर्शन हुँदैछ। रदिप श्रेष्ठ र प्रदीप रायमाझी निर्माता रहेको फिल्ममा कार्यकारी निर्मातामा बेक बहादुर विश्वकर्मा र नवीन श्रेष्ठ छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *