October 13, 2026 9:25 pm
WhatsApp Image 2026-10-13 at 4.32.56 PM

विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोष ९आईएमएफ० को संयुक्त वार्षिक बैठकमा सहभागी हुन अर्थमन्त्री स्वर्णिम वाग्ले थाइल्याण्डको राजधानी बैंकक प्रस्थान गरेका छन् । उनी मंगलबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बैंकक उडेका हुन् ।
विश्वभरका अर्थमन्त्री सहभागी हुने उक्त बैठकमा मन्त्री वाग्लेले १६ वटाभन्दा बढी द्विपक्षीय तथा बहुपक्षीय बैठक र छलफलमा सहभागिता जनाउने कार्यक्रम छ। ती बैठकमा नेपालको आर्थिक अवस्था, अन्तर्राष्ट्रिय आर्थिक सहकार्य तथा विकासका प्राथमिकतासम्बन्धी विषयमा छलफल हुनेछ ।
अर्थमन्त्री वाग्लेसँगै अर्थसचिव घनश्याम उपाध्याय, अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखा प्रमुख सहसचिव अमृत लम्साल, अर्थमन्त्रीका निजी अधिकृत माधव भण्डारी र अधिकृत गजेन्द्र भट्टराई पनि छन्। अर्थमन्त्री वाग्ले कात्तिक ४ गते नेपाल फर्कने कार्यक्रम रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *