October 8, 2026 6:19 pm
WhatsApp Image 2026-10-08 at 5.45.13 PM

काठमाडौं गृहमन्त्री सुदन गुरुङ र नेपालस्थित अमेरिकी दूतावासकी कार्यवाहक राजदूत मेगन बोल्डिनबीच विपद् प्रतिकार्य तथा बाढी प्रभावितको पहिचानका विषयमा छलफल भएको छ।
भेटमा नेपालमा विपद् व्यवस्थापनका लागि अमेरिका–नेपाल सहकार्य तथा गत अगस्टमा आएको विनाशकारी बाढीमा ज्यान गुमाएका अमेरिकी र नेपाली नागरिकको पहिचान गर्ने जारी प्रयासबारे छलफल भएको अमेरिकी दूतावासले जनाएको छ।
अमेरिकाले नेपालमा बाढीपछिको राहत तथा पुनःस्थापनाका लागि ३ करोड ६० लाख अमेरिकी डलरभन्दा बढी सहयोग परिचालन गरिरहेको जनाएको छ। उक्त सहयोगसँगै अमेरिकी उपकरण, प्रविधि र प्राविधिक विशेषज्ञतामार्फत नेपालका पहिलो उद्धारकर्तालाई सहयोग पुर्‍याइरहेको दूतावासको भनाइ छ।
भेटका क्रममा विपद्का बेला उद्धार तथा प्रतिकार्य क्षमता थप प्रभावकारी बनाउने र प्रभावित समुदायलाई पुनःस्थापनामा सहयोग गर्ने विषयमा समेत जोड दिइएको छ।
अमेरिकी दूतावासले नेपालसँगको सहकार्यले बाढीबाट प्रभावित समुदायलाई पुनःस्थापित हुन सहयोग पुगिरहेको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *